काठमाडौं- एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनप्रकाश वहुमुखी क्याम्पस स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि शुक्रवार बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कम्पनीका प्रवन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन ओझा रहेका थिए । ओझाले बीमाको महत्व राम्ररी बुझाउन सकेमा बीमाको दायरा विस्तार हुने र यस्ता कार्यक्रमले बीमा आम जनमानसमा सन्देष पुर्याउनका लागि विद्यार्थीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बीमाको दायरा विस्तारका लागि सम्पुर्ण बीमकलाई आमा समुह, विद्यालय, कलेज, पालिका पालिकाहरुमा कार्यक्रम संचालनका लागि निर्देशन दिएवमोजिम उक्त कार्यक्रम संचालन गरिएको हो ।
प्रतिक्रिया