सोती हत्याकाण्ड : जेठ १० गतेलाई कालो दिनका रूपमा स्मरण गर्दै काठमाडौंमा प्रदर्शन

शनिबार, १० जेठ २०८२, १५ : ४८

काठमाडौं- रुकुमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । जातीय हिंसाविरुद्ध भन्दै उनीहरूले जनप्रदर्शन कार्यक्रम गरेका हुन् । 

शनिबार आयोजित सो र्‍याली माइतीघरदेखि बबरमहल आयोजना गरिएको थियो ।  ६ जनाको हत्या भएको दिन जेठ १० गतेलाई उनीहरूले कालो दिनको रूपमा मनाउने गरेका छन् ।

रुकुम पश्चिमको सोती गाउँमा ५ वर्षअघि अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर ६ जनाको हत्या भएको थियो ।

शनिबार, १० जेठ २०८२, १५ : ४८

प्रतिक्रिया