काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगबारको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन् ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको मंंगलबारको प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूचीमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेस गर्ने उल्लेख छ ।
सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था संविधानले नै गरेको हुनाले त्यसअघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिन्छ ।
प्रतिक्रिया