काठमाडौं- ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा विजनेस स्टडी तर्फ लण्डन भरमै दोश्रो स्थान हाँसिल गर्न सफल भएको छ ।
ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनलाई नेपालमा प्रतिनिधित्व गर्ने ए.आर. एजुकेसनका डेपुटी डाईरेक्टर संजना पाण्डे भन्छिन्, “हामीले शुरुवात देखि निरन्तर लण्डनको यो कलेजमा विद्यार्थीहरु पठाईरहेका छौं , अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च सम्मान गर्ने यस कलेजले नेपाली विद्यार्थीहरुलाई राम्रो रेस्पोन्स गर्ने गरेको र भिसा सक्सेस रेट पनि राम्रो रहेको हाम्रो अनुभव छ ।”
सेन्ट्रल लण्डनको बेडफर्ड स्क्वायर मुख्यालय रहेको ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनको सन् २००२ मा स्थापना भएको थियो । अत्याधुनिक सुविधा सम्पन्न कलेज भवन, विद्यार्थीलाई आवश्यक पर्ने सबैखाले भौतिक सुविधा तथा आधुनिक र आजको आवश्यकता सम्बोधन गर्ने शिक्षण पद्धतीले गर्दा यस कलेजले निरन्तर लण्डनकै कलेजहरु मध्येमा अग्रणी स्थान हासिल गर्न सफल भएको हो ।
“४० भन्दा बढी देशका विद्यार्थीहरु पठन पाठन गर्ने यस कलेजमा नेपाली विद्यार्थीको राम्रो संख्या रहेको छ ।” पाण्डे भन्छिन्, “कलेज सेन्ट्रल लण्डनमा छ, पढाईमा उत्कृष्ठ छ, विद्यार्थीलाई कुनै समस्या परेको खण्डमा कलेज प्रशासनले तत्काल सम्बोधन गर्छ, एफोर्डेबल फि स्ट्रक्चर छ, अनि यो कलेजको छवि र मान्यता पनि राम्रो छ ।”
विजनेस स्टडीका अलावा कलेज तथा विश्वविद्यालयमा प्राप्त हुने सिकाईका अवसर तथा विद्यार्थीहरुको शैक्षिक हितका क्षेत्रमा समेत ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले लण्डन भर गरिएको सर्भेमा दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।
फेब्रुअरी, जुन र अक्टुवर गरि तिनवटा इनटेकमा विद्यार्थी भर्ना लिने यस कलेजले ब्यवस्थापन तर्फ विए विजनेस म्यानेजमेन्ट, मास्टर अफ विजनेस एडमिनिस्ट्रेसन, एमएससी म्यानेजमेन्ट र सिएमआई मा, फाईनान्स तर्फ विएससी एकाउण्टिङ् एण्ड फाईनान्स, एमएससी एकाउण्टिङ् एण्ड फाईनान्स, एमएससी फाईनान्स एण्ड वेल्थ म्यानेजमेन्ट, सिआईएमए, र एसिसिए तथा कानुन तर्फ एलएलवी ल एण्ड लिगल प्राक्टिस र सिआईएलईएक जस्ता कोर्सहरुमा अन्तराष्ट्रिय विद्यार्थी भर्ना लिँदै आएको छ ।
प्रतिक्रिया