रिलायबल नेपाल लाइफको रेटिङमा सुधार, पायो ‘ए माइनस’ रेटिङ

विहीबार, ०५ असार २०८२, १५ : १२

काठमाडौं- केयर एज रेटिङ नेपालले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई ‘ए माइनस’ क्रेडिट रेटिङ दिएको छ । 

कम्पनीले गत वर्ष क्रेडिट रेटिङ ’ट्रिपल बी प्लस’ पाएकोमा यस वर्ष सुधार भई ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको हो।

बीमा कम्पनीहरूमा यस्तो रेटिङ अत्यन्तै दुर्लभ मानिँदै आएकोमा कम्पनीले प्राप्त गरेको यो रेटिङले कम्पनीको वित्तीय अवस्था, दीर्घकालीन दायित्व भुक्तानी क्षमतामा दृढता र बजारमा रहेको विश्वासलाई समेत पुष्टी गरेको कम्पनीले बताएको छ।

क्रेडिट रेटिङ सुधार हुनु कम्पनीको वित्तीय अुनसाशन, सञ्चालकीय पारदर्शिता र बजारमा उच्च विश्वासको सूचक समेत मानिन्छ। ए माइनस रेटिङ प्राप्त गरेका कम्पनीले वित्तीय दायित्वहरु समयमै पूरा गर्ने सन्दर्भमा प्रर्याप्त सुरक्षा प्रदान गर्ने मानिन्छन।

केयर एज रेटिङ नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था हो।

विहीबार, ०५ असार २०८२, १५ : १२

प्रतिक्रिया