काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सले ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार ३०८.२० रुपैयाँबराबरको नगद लाभांश र ५ प्रतिशतका दरले हुन आउने २६ करोड ६ लाख ६ हजार ६५४.१० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।
यसैगरी सेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार ४१८.७० रुपैयाँ लांभाशबाट समायोजन गर्ने प्रस्ताव समेत साधारणसभाले अनुमोदन गरेको छ ।
हाल ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ रहेको कम्पनीको चुक्तापुँजी बोनस सेयर वितरणपछि ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ माथि हुनेछ ।
साधारणसभाका लागि कम्पनीको चुक्तापुँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग बमोजिम आर्थिक वर्ष २०८०र८१ मा भएको खर्च अनुमोदन गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।
यस सभाले सञ्चालक समितिको ५ जना सञ्चालकको निर्वाचन गरेको छ ।
प्रतिक्रिया