लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोलायो साधारणसभा, लाभांश वितरण प्रस्ताव पेस गर्ने

विहीबार, ०५ असार २०८२, १२ : २९

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को २३ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । 

सभा असार ३० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । 

सभामा कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । 

यस सभाले बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्नेछ । 

कम्पनीले सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ असार १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

विहीबार, ०५ असार २०८२, १२ : २९

प्रतिक्रिया