काठमाडौं- वि.सं.२०८२ साल आषाढ ५ गते । बिहीबार । इस्वी सन् २०२५ जुन १९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–अष्टमी, ८ घडी ४५ पला, बिहान ८ बजेर ४० मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराभाद्रपदा, ३८ घडी ५२ पला, बेलुकी ८ बजेर ४४ मिनेट उप्रान्त रेवती । योग–सौभाग्य, ४९ घडी १६ पला, रातको १२ बजेर ५२ मिनेट उप्रान्त शोभन । करण–कौलव, बिहान ८ बजेर ४० मिनेट उप्रान्त तैतिल, बेलुकी ७ बजेर ३६ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी ३६ पला ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम सङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सााथीभाई, बन्धुवान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेसासँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानी आगामी दिनमा आम्दानीको गतिलो स्रोत बन्नेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक तथा परोपकारी काममा समय व्यातित हुनेछ । सरकारी स्तरबाट हुने कामहरू समयमा सम्पादन हुने हुनाले नयाँ काम गर्न जोस जाँगर आउनेछ । शिक्षा कै सवालमा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । आफन्त तथा घर परिवारका सदस्यहरूका साथ धार्मिक यात्रामा निस्कन सकिनेछ । अध्ययन तथा खोजमूलक काममा मन जाने योग रहेको छ । वित्तीय क्षेत्रमा लगानी गर्दा लाभ लिन सकिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । सानातिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली माइती बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा कुनै पनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरू सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्तहरू टाढिनेछन् भने आमासँग टाढिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । अन्य व्यवसाय मध्यम रहे पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग ,शेयर बजार तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार तथा शेयर बजारको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागी समय फलदायी रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । पुँजी बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।
प्रतिक्रिया