दुबईबाट काठमाडौं आएकी महिलाको मलद्वारमा एक किलोभन्दा बढी सुन

बुधबार, ०४ असार २०८२, १५ : ०३

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन् ।

एयर अरेबियाको उडानमार्फत दुबईबाट काठमाडौं आएकी उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

शंका लागेर जाँच गर्दा मलद्वारमा प्लाष्टिकले ¥याप गरेका तीन वटा डल्ला अर्धठोस सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

बुधबार, ०४ असार २०८२, १५ : ०३

प्रतिक्रिया