इजरायलस्थित नेपाली दूतावासद्वारा स्वदेश फर्कन चाहने नेपालीको नामावली संकलन सुरू

बुधबार, ०४ असार २०८२, १३ : ०९

काठमाडौं– सरकारले इजरायलबाट फर्कन चाहने नेपालीहरूको नामावली संकलन सुरू गरेको छ । 

इजरायलस्थित नेपाली दूतावासले सूचना निकालेर स्वदेश फर्कन चाहनेहरूको नामावली संकलनका गर्न लागेको जानकारी दिएको हो ।

दूतावासले नाम दर्ता गर्नका लागि सामाजिक सञ्जालमार्फत अनलाइन फाराम सार्वजनिक गरेको छ । इच्छुकहरूले अनलाइनमार्फत नामसहितको विवरण दर्ता गरेपछि उद्धारको प्रक्रिया अघि बढाउने दूतावासले जनाएको छ ।

इजरायल र इरानबीच युद्ध चर्किएपछि इजरायलमा त्रास बढेको छ ।तथ्यांक अनुसार इजरायलमा करिब साढे पाँच सय र इरानमा १२ जना नेपाली रहेका छन् । 

हालसम्म दुवै देशमा रहेका नेपालीहरू सुरक्षित रहेको भएपनि स्वदेश फर्कन चाहेको खण्डमा सहयोग गर्नका लागि दुतावासले नामावली संकलन गर्न लागेको हो । 

बुधबार, ०४ असार २०८२, १३ : ०९

प्रतिक्रिया