विश्वकै उत्कृष्ट एयरलाइन्स बन्यो कतार एयरवेज, शीर्ष १० मा कुन–कुन परे ?

बुधबार, ०४ असार २०८२, १४ : १४

काठमाडौं- कतार एयरवेज विश्वकै उत्कृट एयरलाइन्स कम्पनी बनेको छ । 

कतार एयरले सन् २०२५ को उत्कृट एयरलाइन्स कम्पनी बन्दै ५ पटक विश्वको सर्वोत्कृष्ट एयरलाइन्स बनेको सिंगापुर एयरलाइन्सलाई पछि पारेको हो । 

कतार एयरवेजले मंगलबार आयोजित पेरिस एयर शोमा ‘स्काइ ट्रयाक्स वर्ल्ड एयर लाइन्स २०२५’ अवार्ड पाएको छ । कतार एयरवेजले मध्य पूर्वको उत्कृष्ट एयरलाइन्स, विश्वको उत्कृष्ट बिजनेस क्लास र उत्कृष्ट बिजनेस क्लास एयरलाइन्स लाउन्ज अवार्ड पनि पाएको छ ।

सन् १९९३ मा स्थापित कतार एयरवेजले हाल २०० बढी जहाजबाट विश्वका १७० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

त्यसैगरी, क्याथे प्यासिफिक एयरवेज तेस्रो, दुबईको एमिरेट्स चौथो, जापानको एएनए अल निप्पोन एयरवेज पाँचौं, टर्किस एयरलाइन्स छैटौं, कोरियन एयर सातौं, एयर फ्रान्स आठौं, जापान एयरलाइन्स नवौं र चीनको हेनान एयरलाइन्स विश्वको दशौं उत्कृष्ट एयरलाइन्स बनेका छन् ।

बुधबार, ०४ असार २०८२, १४ : १४

प्रतिक्रिया