प्रतिनिधिसभा बैठक सुरु, रास्वपाको अवरोध कायमै

आइतबार, ०८ असार २०८२, १२ : ३१

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आजपनि रास्वपाको नाराबाजीबीच सदन अघि बढेको छ । भिजिटि भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले रोस्टम घेराउसहित नाराबाजी गरे पनि सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका छन् ।

उनले विनियोजन विधेयक अन्तरगत युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजनसम्बन्धी छलफल चलाएका हुन् । 

आइतबार, ०८ असार २०८२, १२ : ३१

प्रतिक्रिया