सांसद अमरेशकुमार सिंह भन्छन्– नेपालका ७२ जिल्ला अन्य देशलाई लिजमा दिऊँ

आइतबार, ०८ असार २०८२, १२ : ५१

काठमाडौं– प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी पाँच जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा अरू देशलाई लिजमा दिनुपर्ने बताएका छन् । उनले आर्थिक वर्ष २०८२/८३ का लागि विभाजित बजेट पहुँचवाला नेताको पाँच जिल्लामा मात्रै बाँडिएको भन्दै व्यंग्य गरेका हुन् ।

उनले भने,‘म नेपाल सरकारलाई भन्न चाहन्छु यो चारपाँच जिल्ला नेपालमा राखौँ, बाँकी जिल्ला लिजमा अर्को देशलाई दिऔँ । अमेरिकालाई दिऔँ, चाइनालाई दिऔँ, भारतलाई दिऔँ । बजेट नै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने ? खाली ट्याक्स लिनलाई राख्ने ?’

उनको यस अभिव्यक्तिपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका छन् । उनले संसदीय मर्यादा विपरीत देशको सार्वभौमसत्तामाथि आँच पुर्याउने अभिव्यक्ति दिएको भन्दै सांसद बर्तौलाले सिंहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । त्यसपछि सभामुख घिमिरेले उक्त अभिव्यक्ति संसदीय मर्यादा विपरीत रहेको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । 

आइतबार, ०८ असार २०८२, १२ : ५१

प्रतिक्रिया