दाङमा आर्थिक गणनासम्बन्धी अन्तक्र्रिया

आइतबार, ०८ असार २०८२, १४ : ५०


काठमाडौं - तथ्यांक समन्वय कार्यालय दाङको आयोजनामा शनिबार घोराहीमा आर्थिक गणनाको आवश्यकता सम्बन्धी अन्तक्र्रिया कार्यक्रम भएको छ ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको अध्यक्षता एवं तथ्यांक कार्यालयका प्रमुख तथ्यांक समन्वय अधिकारी पोमनारायण पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा प्रमुख पौडेलले तथ्यांक कार्यालयका काम र लुम्बिनी प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए । यहाँ‘ रहेका प्रतिष्ठान र यिनले रोजगारी सिर्जनामा खेलेको भूमिका प्रस्तुत गरेका थिए । तथ्यांकको महत्व जानकारी नहुनाले तथ्य नआएको उनको भनाइ थियो । कार्यालयले वन, वातावरण, जडिबुटी, पशुपंक्षी, खेतीपाती सबै क्षेत्रको गणना गर्ने बताए ।  । छिटै आर्थिक गणना हुने भएकाले जानकारीका लागि कार्यक्रम भएको बताए । 

सो अवसरमा सहभागीले सही तथ्यांक दिदा करले आक्रमण गर्ने डर रहेको बताएका थिए । किन गणना गरिन्छ भन्ने जानकारी नहुँदा पनि समस्या आएको बताए । व्यक्तिको सम्पतिको गोपनीयता हुने, करले आक्रमण नगर्ने, दोस्रो व्यक्तिले थाहा नपाउने सुनिश्चतता हुनुपर्ने बताए । सकभर सबै क्षेत्रमा तथ्यांकको शिक्षा दिन सुझाव दिए । महत्व थाहा नहुँदा सही तथ्यांक नदिएको बताए । सही तथ्यांक नहुँदा विकास निर्माणदेखि केही पनि गर्न नसकिने भनाइ थियो ।


 ।

आइतबार, ०८ असार २०८२, १४ : ५०

प्रतिक्रिया