सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पोखरेलविरुद्ध उजुरी, अदालतको फैसला विरुद्ध बोलेको आरोप

आइतबार, ०८ असार २०८२, १४ : ४६

काठमाडौ– सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । 

आज (आइतबार) सुनुवाइ समितिमा पोखरेल सर्वोच्च अदालतको न्यायाधीश हुन अयोग्य रहेको भन्दै टिबी कार्कीले उजुरी दर्ता गरेका हुन् । उनको उजुरी समितिमा २१ नम्बरमा दर्ता भएको छ । 

गत जेठ २७ गतेको न्याय परिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पोखरेलले उच्च अदालत तुलसीपुरको बुटवल इजलाशले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश विरुद्ध उभिएको आरोप लगाइएको छ ।

‘ सम्मानित दाङ तुलसीपुरको बुटवल इजलाशले तथ्य, प्रमाणसहित सहकारी ठगीमा पुपक्र्षको लागि थुनामा गएका प्रतिवादी रवि लामिछानेका विषयमा गरेका टिप्पणी  एवं अभिव्यक्तिले गर्दा उहाँले अदालतको आदेश नमानी अदालती फैसला विरुद्ध उभिँदा उहाँबाट सम्मानित सर्वोच्च अदालतमा कस्तो न्याय सम्पादन होला भन्ने मेरो र आम नेपालीको मनमा समेत जिज्ञासा उठेको छ ।’  उजुरीमा उल्लेख छ ।

 

आइतबार, ०८ असार २०८२, १४ : ४६

प्रतिक्रिया