काठमाडौं महानगर प्रमुख बालेन साहमाथि ४ करोड घोटालाको आरोप, अख्तियारमा उजुरी

सोमबार, ०९ असार २०८२, १४ : ०३

काठमाडौं- काठमाडौं महानगरपालिकाको भवन मर्मत र लिफ्ट जडानमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको  छ । काठमाडौं महानगरले भाडामा लगाएको भवन ममर्त र लिफ्ट जडानमा आर्थिक अनियमितता भएको भन्दै युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन् । 

काठमाडौं प्लाजास्थित महानगरको भवन मर्मत र लिफ्ट जडानमा बिना प्रतिस्पर्धा पुमा निर्माण कम्पनीलाई दिइएको भन्दै महानगर प्रमुख बालेन शाहमाथि ४ करोड २ लाख रुपैयाँ घोटाला गरेको आरोप उजुरीमा लगाइएको छ । 

‘महानगरको सार्वजनिक निर्माण बिभागले दिएको सूचनामा भवन निर्माण र नयाँ लिफ्ट जडानको लागि राष्ट्रिय दैनिकमा बोलपत्र आव्हान गरेको तर बोलपत्रमा पुमा लक्ष्मी निर्माण सेवाले मात्र भाग लिएको कारण उसैलाई बिना प्रतिस्पर्धा ४ करोड २ लाखको टेण्डर दिएको अवस्था छ । काठमाडौं जस्तो ठाउँमा ४ करोड २ लाखको टेण्डर खुल्दा कुनैपनि निर्माण कम्पनीले भाग लिदैनन ? के काठमाडौं कर्णाली होर ? एउटा मात्र बोलपत्र परेपछि त्यसलाई रद्द गरि रि टेण्डर गर्न पर्ने होइन र ?’, उजुरीमा उल्लेख छ ।

 

सोमबार, ०९ असार २०८२, १४ : ०३

प्रतिक्रिया