कतार जान लागेका सयौं नेपालीको त्रिभुवन विमानस्थलमा बिचल्ली

मंगलबार, १० असार २०८२, १० : ०३

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौं नेपालीको बिचल्ली भएको छ । 

राति ११ बजे बोडिङ पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए । 

एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ।   कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो । 

मंगलबार, १० असार २०८२, १० : ०३

प्रतिक्रिया