काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबिराम घोषणा गरेपनि इजरायलमाथि इरानले ताजा मिसाइल प्रहार गरेको छ । मिसाइल प्रहारबाट इजरायलको दक्षिणी सहर बेयरशेवामा कम्तीमा ३ जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले पुष्टि गरेका छन् । ट्रम्पले इजरायल र इरानबीच ‘१२ दिनको युद्ध’ अन्त्य भएको घोषणा गरेपछि यो आक्रमण भएको हो ।
उनले यो युद्धविराम चरणबद्ध रूपमा लागू हुने जिकिर गरेका थिए । तर, इरानका विदेशमन्त्री अब्बास अराग्चीले इजरायलसँग युद्धविराममा कुनै सहमति नभएको दाबी गरेका छन् । इजरायलले यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
मंगलबार बिहान इरानबाट मिसाइल प्रक्षेपण भएको पत्ता लगाएपछि इजरायलले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा लुक्न भनेको छ । इरानका अनुसार जुन १३ मा इजरायलले आक्रमण सुरु गरेयता १३ बालबालिकासहित ४०० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ३ हजार ५६ जना घाइते भएका छन् । इजरायलमा इरानी आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया