भिजिट भिसा प्रकरणः छानबिन समितिप्रति माओवादी सकारात्मक, रास्वपा र राप्रपाद्वारा अस्वीकार

मंगलबार, १० असार २०८२, ११ : ०५

काठमाडौं- भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । 

यस्तै अर्को प्रमुख प्रतिपक्षी दल रास्वपाले भने अस्वीकार गरेको छ । आजको संसद बैठकमा पार्टीको अडान परिवर्तन नहुने पार्टीका प्रवक्ता मनिष झाले बताए ।

छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद बैठकमा नाराबाजी गर्दै अवरोध र बहिष्कार गर्दै आएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको आन्तरिक छलफल पछि सदन बहिष्कारलाई निरन्तरता दिने निर्णय भएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । 

 
मंगलबार, १० असार २०८२, ११ : ०५

प्रतिक्रिया