भिजिट भिसा प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिलाई ९ वटा कार्यादेश

मंगलबार, १० असार २०८२, १२ : ५९

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए। ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

उनले भने,  ‘मैले नै प्रस्ताव गरेर निर्णय गरेको छ। सरकारले छानविन समिति गठन गरेको छ। सरकारले समस्या छ, सबैलाई थाहा छ। व्यक्तिगत विषयको कुरा होइन। यो समस्यालाई सबै मिलेर समस्याको पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरीसमिति गठन गरिएको छ। त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्यादेश दिएर उच्चस्तरिय समिति र समिति बनेको छ। समितिले अध्यागमनमा देखिएका सबै समस्या समाधान हुनसक्नेगरी सुझाव प्रतिवेदन पेस गर्ने छ। सदनमा उठेका सबैको भावनालाई समेटेर बनाइएको छ।’

उनका अनुसार समितिको नौं वटा कार्यादेश तयार गरिएको छ। हिजो सोमबार सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो।

मंगलबार, १० असार २०८२, १२ : ५९

प्रतिक्रिया