‘इजरेल-इरान युद्धविराम सुरु भयो, यसलाई भंग नगर्नू’ : ट्रम्प

मंगलबार, १० असार २०८२, १३ : ५९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरेल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको जनाएका छन्।

उनले आफ्नो सामाजिक सञ्जालको वेबसाइट ट्रुथ सोसलमा एक सन्देश लेख्दै भनेका छन्ः ‘युद्धविराम अब लागु भएको छ। कृपया यसलाई उलङ्घन नगर्नू।’

उनको टिप्पणी लगत्तै इजरेली सरकारले पनि ट्रम्पको युद्धविराम प्रस्तावमा आफ्नो सहमति भएको बताएको छ।

एक विज्ञप्तिमा उसले भनेको छः‘युद्धविरामको कुनै पनि उल्लङ्घनको इजरेलले कडा प्रतिक्रिया दिनेछ।’

उसले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको बताएको छ।

इजरेलको अवस्था
सम्भावित युद्धविरामको खबर फैलिरहँदा इजरेलभर भने बिहानैदेखि मानिसहरू फोनमा क्षेप्यास्त्र हमला भइरहेको चेतावनीसँगै बिउँझिए जतिखेर उनीहरूलाई आश्रय स्थलमा जान सजग गराइएको थियो।

इरानबाट इजरेलमा क्षेप्यास्त्र प्रहार गरिएपछि लगातार कैयौँ चेतावनीहरू जारी गरिएको थियो।

जेरुसलेममा विस्फोटको आवाज सुनियो भने अन्यत्र रहेका बीबीसी संवाददाताहरूले समेत विस्फोटको आवाज सुनेको विवरण पठाएका छन्।

दक्षिणी सहर बेरशिबामा प्रत्यक्ष क्षति पुगेपछि चिकित्सकहरू घटनास्थल पुगेका छन्। एक आपत्कालीन सेवाले चार जनाको मृत्यु भएको र २२ जना घाइते बनेको पुष्टि गरेको छ।।

निरन्तरको हमलाबाट आफू रातभर अनिँदो रहेको र त्रसित भएको एकजना स्थानीयबासीले बताएका छन्। राजधानी तेहरानको पूर्वदेखि पश्चिमसम्मकै मानिसहरूले शहरभरि ठूला विस्फोटहरू भएका बताए।

‘विस्फोटको प्रत्येक आवाजले मलाई एकदमै तर्साइरहेको छ,’ अर्का तेहरानबासीले भने।

तर विहानको चार बजेको हाराहारीतिर विस्फोटनका आवाजहरू रोकिएको अर्का स्थानीयबासीले बताए।

युद्धविरामपछि अमेरिकाका लागि थप चुनौती

युद्धविरामपछि ट्रम्पको सामुन्ने सबभन्दा कठिन कार्य आउने छः परमाणु हतियारलाई इरानको हातबाट टाढा राख्नु। ह्वाइट हाउसले इरानको परमाणु हतियार सम्पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ। तर जबसम्म इरानले पर्यवेक्षकलाई स्थलगत भ्रमणका लागि अनुमति दिँदैन तबसम्म निश्चित रूपमा यसै भयो भन्ने कसैलाई थाहा हुने छैन।

थाहा नभएका अरू कुराहरू पनि छन्। के इरानले अमेरिकी आक्रमण हुनु अघि नै परमाणु सामग्री तथा ती सम्बन्धित उपकरणरमशिनहरू ती स्थानबाट हटाइसकेको थियोरु या थाहा भएका बाहेक अन्य गोप्य स्थान पनि छन् जुन अमेरिकी हवाई हमलाबाट नष्ट भएका छैनन्रु

अमेरिकीहरूले इरानीहरूसँग अब एक कूटनीतिक सम्झौता गर्न आवश्यक छ जसले पूर्ण तरहको जाँच गर्न मिल्ने किसिमको र पछाडि फर्कन नमिल्ने गरेर इरानको परमाणु कार्यक्रम समाप्त गर्ने सुनिश्चित गर्ने छ।

अमेरिकाले पछिल्लो पटक इरानसँग जब यस्तो सम्झौताबारे कुराकानी गरेको थियो त्यसबेला त्यस्तो दस्ताबेजमा हस्ताक्षर गर्न दुई वर्ष लागेको थियो।

र, ट्रम्पले त्यसबाट हात झिकेपछि त्यो सम्झौता रद्द हुन पुगेको थियो।

ट्रम्पले सन् २०१८ मा जेसीपीओए भनिने उक्त सम्झौता दोषपूर्ण रहेको र त्यसले इरानलाई परमाणु बम बनाउनमा रोक नलगाउने भन्दै च्यातिदिएका थिए ।
बिबिसी

मंगलबार, १० असार २०८२, १३ : ५९

प्रतिक्रिया