काठमाडौं - रोजगारीका लागि युवाहरु विदेश जानु नेपालको लागि कुनै नयाँ कुरा रहेको छैन । मुलुकमा रोजगारीको सहज वातावरण नभएको कारण देशको सक्रिय जनसंख्या देश छोड्न बाध्य भएकोबेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले देशको ११.६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले श्रम र रोजगारीको विषय मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग जोडिएको विषय भन्दै यसबारे जानकारी गराएका हुन्।
मन्त्री भण्डारीले भने ‘जनसंख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदुनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको छ,’ उनले भने, ‘नेपालभित्रै रोजगारीको उपयुक्त अवसर नहुनु र भएका केही रोजगारीमा समेत सीप र ज्ञानको अभावमा विदेशी नागरिकहरू संलग्न रहेको अवस्था छ।’
प्रतिक्रिया