वैदेशिक रोजगार ठगीका घटनामा अनुसन्धान गर्न संरचना विस्तार गरिँदै

मंगलबार, १० असार २०८२, १४ : २६

काठमाडौं - वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा कारबाही गर्न सरकारले संरचना विस्तार गर्ने भएको छ। श्रम मन्त्रालयले वैदेशिक रोजगार ठगीका घटनाको अनुसन्धान ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट गर्ने गरी संरचना विस्तार गर्ने भएको छ।
मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा हुने ठगीका मुद्दा सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाइने बताए, जसमा जिल्ला प्रशासनलाई थप जिम्मेवारी दिइनेछ।
मन्त्रीका अनुसार, वैदेशिक रोजगारीमा नेपालीहरू ‘३(डी’ (डेथ, डिबेट, डिजिटल) ट्र्यापमा परेको महसुस गर्दै, ठगी नियन्त्रणका लागि कडा कारबाही गरिनेछ।
 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागमार्फत हुँदै आएका ठगीका घटनाको अनुसन्धान ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट समेत अनुसन्धान गर्नका लागि संरचनागत विस्तार गर्न लागेको हो । 
 

मंगलबार, १० असार २०८२, १४ : २६

प्रतिक्रिया