विशेष अदालतको आदेशप्रति महासंघको आपत्ति

बुधबार, ११ असार २०८२, ११ : ३३

काठमाडौं - विशेष अदालतले वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ प्रकाशक रहेको दृष्टि साप्ताहिक र दृष्टिन्युज डटकममा प्रकाशित समाचारका विषयमा गरेको आदेशप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आपत्ति जनाएको छ । 

महासचिव आशिष गुरागाईद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विशेष गरेर न्यायपालिका र कार्यपालिकाबाट प्रेस जगतमाथि आवश्यकताभन्दा बढी चासो र सक्रियता बढाउने, आफ्ना काम कारबाहीका विषयमा प्रश्न गरे प्रेस जगतको घाँटी निमोठ्न खोज्ने, प्रेस जगतलाई निरुत्साहित गर्ने, समाचारका विषयलाई फौजदारी अभियोजनतर्फ लैजाने कार्य बढिरहेको प्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं । हामी यस्ता क्रियाकलापले पत्रकारहरुलाई भयभित नबनाओस् भन्ने अपेक्षा राख्दै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्बद्ध निकायसँग माग गर्दछौं ।’
विज्ञप्ति हेर्नुहोस् :

press release  

 
बुधबार, ११ असार २०८२, ११ : ३३

प्रतिक्रिया