विशेष अदालतमा माधव नेपालको बयान सुरु

बुधबार, ११ असार २०८२, ११ : ५२

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान विशेष अदालतमा सुरु भएको छ । 

बुधवार उनी हाजिर भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो ।

विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ । नेपालविरुद्ध अख्तियारले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 
बुधबार, ११ असार २०८२, ११ : ५२

प्रतिक्रिया