काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवनिर्वाचित अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबाट शपथ ग्रहण गरेकी छिन् । ओझाले बीमा ऐन २०७९ को दफा ४७ (६) बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
कम्पनीको ३७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मतिले अध्यक्षमा पुनःनिर्वाचित भएकी सिंहले सपथग्रहणपछि प्राधिकरण अध्यक्षलाई आभार तथा धन्यवाद प्रकट गरिन्। उनले कम्पनीको सञ्चालक समितिको तर्फबाट समन्वय र सहकार्यमा निरन्तरता दिने प्रतिबद्धता पनि जनाइन्।
शुभकामना मन्तव्य दिँदै प्राधिकरण अध्यक्ष ओझाले सिंहको सफल कार्यकालको कामना गरे । उनले बीमा उद्योगमा पारदर्शिता, सुशासन र नवप्रवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री उपस्थित थिए।
प्रतिक्रिया