मेटलाइफ नेपालले व्यतित बीमालेख नवीकरणमा छुट दिने

बुधबार, ११ असार २०८२, १५ : ५९

काठमाडौं- मेटलाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । 

यसअन्तर्गत ग्राहकले आफ्नो व्यतित जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर पाउनेछन् । 

यस अभियान अन्तर्गत, म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १०० प्रतिशत र पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिने कम्पनीले बताएको छ । 

आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इ–सेवा, कनेक्ट आइपीएस, वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ ।

बुधबार, ११ असार २०८२, १५ : ५९

प्रतिक्रिया