ओलीले एमाले केन्द्रीय कार्यालयमा बुझाए पार्टी सदस्यता शुल्क र लेबीको तीन लाख रुपैयाँ

बुधबार, ११ असार २०८२, १६ : ०३

काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सदस्यता शुल्क र लेबी बापतको रकम बुझाएका छन् । बुधबार एमाले पार्टी कार्यालय च्यासल पुगेर ओलीले एक वर्षको सदस्यता शुल्क र लेबी बापतको तीन लाख रकम बुझाएका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले ओलीलाई रकम तिरेपछि रसिद बुझाएका थिए । एमाले नेता कार्यकर्ताहरूले पार्टी सदस्यता शुल्क र नवीकरणको रकम बुझाउने गर्दछन् ।  सोही अनुरुप ओलीले आफ्नो सदस्यता नवीकरण शुल्क र लेबी रकम बुझाएका हुन् । एमालेमा सांसदसहित पार्टीबाट लाभको पदमा नियुक्त भएकाहरुबाट एमालेले लेबी उठाउने गर्दै आएको छ । 

एमालेको सदस्यता शुल्क मासिक तीन सय रहेको छ । ओलीले १२ महिनाको सदस्यता शुल्क ३६०० र तीन लाख रुपैया लेबी बुझाएको एमाले पार्टी कार्यालयले जनाएको छ ।


 

 
बुधबार, ११ असार २०८२, १६ : ०३

प्रतिक्रिया