पतञ्जली जग्गा हिनामिना प्रकरण

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश, साउन १३ गते तारेखका लागि बोलायो

विहीबार, १२ असार २०८२, ०६ : १९

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएर तारेखका लागि साउन १३ गते बोलाएको छ ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लाख रुपैयाँमा धरौटीमा विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले छाड्न आदेश गरेको हो । 

गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई विपक्षी बनाउँदै हदबन्दीभन्दा बढी जग्गा कम्पनीका नाममा बिक्री वितरण गर्न दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

विहीबार, १२ असार २०८२, ०६ : १९

प्रतिक्रिया