आज नारायणगढ–मुग्लिन सडक दुई घण्टा बन्द हुने

विहीबार, १२ असार २०८२, १० : ४८

काठमाडौं–आज दुई घण्टा नारायणगढ–मुग्लिन सडकखण्ड  बन्द हुने भएको छ। भिरमा ढुंगा अड्किएकाले त्ययसलाई हटाउन आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । सो स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।

डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा लेखिएको छ, ‘आज मिति २०८२र०३र१२ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म करिब २ घण्टा जति सवारी आवागमन बन्द रहने कुराको जानकारी गराइन्छ ।’

 
विहीबार, १२ असार २०८२, १० : ४८

प्रतिक्रिया