प्रदेशको बजेटमा मनलाग्दी, बागमती प्रदेशको बजेट गण्डकी प्रदेशको जिल्लामा

विहीबार, १२ असार २०८२, ११ : ५४

काठमाडौं- सातै प्रदेश र अधिकांश स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइसकेका छन् । काठमाडौं महानगर लगायत केही स्थानीय तहले भने आन्तरिक विवादका कारण  अझैं बजेट ल्याउन सकेका छैनन् ।

अहिले प्रदेशसभा र संघीय संसदमा समेत बजेटमाथिको छलफल चलिरहेको छ । प्रदेशमा आफ्नो अनुकुलतामा बजेट ल्याएको भन्दै प्रदेशसभा सदस्यहरुले अर्थमन्त्री र मुख्यमन्त्रीसँग असन्तुष्टि पोखिरहेका छन् ।

बागमती प्रदेशमा झनै अर्थमन्त्री कुन्दनराज काफ्लेले बजेट निर्माण गर्दा पूरै आफ्नो कब्जामा लिएर गरेको आरोप उनकै दलका नेताहरुले  बताइरहेका छन् । दोलाखाबाट बागमती प्रदेशसभामा निर्वाचित काफ्लेले आफ्नो जिल्लामा अत्यधिक बजेट छुट्याएको र अन्यत्र नदिएको गुनासो बढेको छ । 

यहीबीच उनै बागमतीका अर्थमन्त्री काफ्लेले आफ्नो प्रदेशको बजेटमा अर्को प्रदेशको जिल्लालाई बजेट विनियोजन गरेको पाइएको छ ।बागमती सरकारको बजेट गण्डकी प्रदेश अन्तर्गत रहेको पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा विनियोजन गरिएको भन्दै कांग्रेसकै प्रदेशसभा सदस्यहरुले विरोध जनाएका छन् ।

बागमतीको बजेट कितावमा गण्डकी प्रदेशमा रहेको पूर्वी नवलपरासीस्थित कावासोती नगरपालिका २ को शिव माध्यमिक विद्यालय परिसरको पूर्वाधार निर्माण गर्ने उल्लेख गरिएको छ ।
 

 
 
 
विहीबार, १२ असार २०८२, ११ : ५४

प्रतिक्रिया