काठमाडौं- सशस्त्र प्रहरी वरिष्ठ अधिकृत सम्मेलन–२०८२ सम्पन्न भएको छ । बिहीबार हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिकृत सम्मेलनको समापन गरेका हुन् ।
समारोहमा गृहमन्त्री लेखकले सीमा सुरक्षाको काममा सशस्त्रले उत्कृष्ट योगदान गरेको बताए । राजश्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन जस्ता कार्यमा सशस्त्र प्रहरी बलको महत्त्वपूर्ण भूमिका र उत्कृष्ट कार्यसम्पादन रहेको लेखकले बताए ।
उनले भने, ‘सीमित श्रोत साधनको भरमा काम गर्नुपर्ने अवस्था रहे पनि सशस्त्र प्रहरी बलको कार्यसम्पादन उत्कृष्ट छ ।’ मनसुन सुरु भइसकेको हुनाले प्रतिकार्यको लागि तयार रहन मन्त्री लेखकले सबै बाहिनीपतिहरुलाइ उनले निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलन नतिजामुखी बनाउने र सङ्गठनको समसामयिक विषयमा छलफल भएको बताए । आईजी अर्यालले आम नागरिकको सुरक्षा, विपद् उद्धार लगायतका कार्यमा थप प्रभावकारी कार्य गरिने बताए ।
कार्यक्रममा गृह सचिव गोकर्णमणी दुवाडी, कार्यक्रममा गृह मन्त्रालय नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव आनन्द काफ्ले, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका सह सचिव रामचन्द्र तिवारी, प्रशासन महाशाखाका सह सचिव छवि रिजाल सहभागी थिए ।
प्रतिक्रिया