काठमाडौं- विपत जोखिम न्यूनीकरण गर्न सुशील केडिया सेवा फाउण्डेसनले उपत्यकाप्रहरी कार्यलयलाई उद्धार समाग्रीहरु हस्तान्तरण गरेको छ, जसमा रबर बोट, लाइफज्याकेट, बुट लगायत अत्यावश्यक समाग्रीहरु रहेका छन् ।
रत्नपार्कस्थित उपत्यकाप्रहरी कार्यलयमाप्रहरी प्रमुख टेक बहादुर तामाङ्गको स्वामित्वमा सुशील केडिया सेवा फाउण्डेसनकाअध्यक्ष सुमित केडियाले सो सामाग्री वितरण गरेका हुन् ।
विपतको कुनै निश्चित समय नरहेकाले यसको उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्रमात्रै नभई सबै पक्षहरुको सहकार्य र जागरुकता आवश्यक रहेको उपत्यक ाप्रहरी कार्यालयका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले जानकारी दिए ।
सोहि कार्यक्रममा भौगोलिक हिसाबले काठमाडौं बाढी पहिरोको जोखिम क्षेत्र रहेको अनियसकानिमित्त सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यालयको सहकार्यमा आम नागरीकहरुको जीवन सुरक्षाकालागि सामाग्री वितरण गरेको भनि फाउण्डेसनका अध्यक्ष सुमित केडियाले जानकारी दिई आगामी दिनहरुमापनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
नागरिकहरुको जिउधनको सुरक्षागर्ने र स्वयम् नागरिकहरुलाई सचेत गराउने उद्देश्य सहितउपत्यकाप्रहरी कार्यलयले सो कार्यक्रम सञ्चालन गरेको हो ।
विपत व्यवस्थापनका लागि स्वयम सेवकहरुसँगको सहकार्यमा तालिम दिने र उद्धार सामाग्रीका लागि विभिन्न संघ संस्थाहरुसँग समेत समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यलयका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले बताए ।
प्रतिक्रिया