काठमाडौं- नेपाली कांग्रेसले सानेपामा रहेको पार्टी कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किन्ने सम्झौता गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा र सो जग्गामा बनेको तीनतले घर पार्टी कार्यालय विस्तारका लागि खरिद गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको जग्गा १३ करोडमा किन्ने कांग्रेसले निर्णय गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया