काठमाडौं- भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।
त्यसअघि आकस्मिक समयमा रास्वपाका सांसदहरूले बेल घेराउ गरेका थिए । राप्रपाका सांसदहरू भने सांसद रोशन कार्की बोलेलगत्तै बाहिरिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् ।
भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ । भ्रमणबारे जानकारी गराएपछि प्रधानमन्त्रीले एसईई परीक्षा नतिजामा सुधार आएको भन्दै खसी व्यक्त गरे ।
प्रतिक्रिया