संसदीय सुनुवाई समितिको बैठक

प्रस्तावित न्यायाधीशलाई जनार्दन शर्माको प्रश्न- राजनीतिक पक्षधरता छाडेर निष्पक्ष न्याय दिने आधार के छ ?

आइतबार, १५ असार २०८२, १० : ४५

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले  प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि राजनीतिक पक्षधरता छाडेर निष्पक्ष न्याय दिने आधार के छ भन्दै प्रश्न गरेका छन् । आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा शर्माले प्रस्तावित न्यायाधीश  पोखरेललाई  यस्तो प्रश्न गरेका हुन् । 

केही समय अघिसम्म सर्वोच्च बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने बताए । उनले बार स्वतन्त्र हुनुपर्ने भएपनि नेपालको बार राजनीतिक पक्षधर रहेको जिकिर गरे । साथै उनले मुद्दाको सुनुवाई ढिलो गर्दा कसरी न्याय हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

गत जेठ २७ गतेको न्याय परिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा पोखरेलसहित तीन जना सिफारिस भएका थिए ।

 
 
 
 
 
आइतबार, १५ असार २०८२, १० : ४५

प्रतिक्रिया