निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने स्वास्थ्य बीमा बोर्डको निर्णय

सोमबार, १६ असार २०८२, ११ : ४८

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने निर्णय गरेको छ।

स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ) ले प्रथम सेवा बिन्दुमा सरकारी अस्पताल मात्रै रहेने व्यवस्था गरेको छ।

बोर्डले एक पत्र जारी गर्दै आउँदो साउन १ गतेदेखि यो व्यवस्था पूर्णरूपमा लागू गर्ने र निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने जानकारी दिएको छ।

 
 
 
सोमबार, १६ असार २०८२, ११ : ४८

प्रतिक्रिया