काठमाडौं– नेपाली चलचित्र उद्योग पछिल्ला वर्षहरुमा निकै फस्टाएको छ । यद्यपि, अन्तराष्ट्रिय स्तरमा आफ्नो उपस्थिति देखाउन दृढ संकल्पका साथ अझै संघर्ष गर्नुपर्ने देखिन्छ ।
कोरोना भाईरस पुर्व नेपालमा बार्षिक १०० को हाराहारीमा चलचित्र निर्माण हुने गरेको देखिन्छ । कोभिड १९ ले चलचित्र क्षेत्रलाई पनि प्रभावित् गरेपछि चलचित्र निर्माणको संङख्या १०० बाट घटेर झण्डै ६५ को आसपासमा पुगेको हो । कोरोनाले नेपाली फिल्म बजारमा मात्र नभई विश्व फिल्म बजारलाई समेत प्रभाव पारेको थियो ।
चलचित्र उद्योगमा त्यसबेलाको असर आजसम्म पनि कायम नै भएको देखिन्छ । त्यस्तै नेपाली सिने जगत कत्रो छ ? भन्ने कुरा तथ्याङकमा त नआउला तर व्यापारलाई आधार मानी बजारको मापन भने गर्न सकिन्छ । गत वर्ष नियाल्ने हो भने बैशाखमा रिलिज भएको फिल्म ‘बोक्सीको घर’ देखि फिल्म ‘पिताम्बर र कर्मा’ सम्म आईपुग्दा ६३ वटा स्वदेशी चलचित्र प्रर्दशनमा आए ।
साथै, ८५ वटा विदेशी फिल्म पनि रिलिज भएको कुरा बोर्डको तथ्याङकले बताएको छ । अघिल्ला वर्षहरु भन्दा २०८१ मा चलचित्र क्षेत्रले उल्लेखनिय व्यापार गरेकोे देखिन्छ । त्यो वर्ष नेपाली चलचित्र ईतिहासकै सबैभन्दा ठूलो व्यापारिक वर्ष बन्न पुग्यो । नेपालमा पनि झण्डै रु ५० करोडको व्यापार एउटै चलचित्रबाट हुन्छ भन्ने बजार फिल्म ‘पुर्णबहादुरको सारंगीले’ स्थापित गरिदिएको छ ।
झण्डै डेढ करोड रुपैयाको लगानीमा निर्माण भएको उक्त फिल्मले चलचित्र क्षेत्रकै ईतिहास रच्न सफल भएको छ । त्यस्तै अघिल्ला वर्षहरुको तुलानामा २०८१ उत्साहजनक नै छ । त्यस वर्षमा मात्रै घरेलु बक्सअफिसमा कुल १ अर्ब ८० करोड रुपैयाको व्यापार गरेको तथ्याङकले बताएको छ । त्यस्तै ५७ लाख ३७ हजारवटा टिकट बिक्रि भएको पाईन्छ ।
यी त भए चलचित्रका सफलताका कुराहरु । अब एक पटक नेपाली चलचित्र क्षेत्रका असफलता र कमजोरीलाई पनि औल्याउने प्रयत्न गरौं ।
नेपालमा झण्डै २५ प्रतिशत फिल्महरुले मात्र आफ्नो लगानी सुरक्षित सहित मुनाफा गरेको पाइन्छ । ८५ प्रतिशत फिल्महरुले आफ्नो लगानी सुरक्षित गर्न नसकेको देखिन्छ । अझै भनौ कयौ फिल्महरुले त पोष्टर छँपाईको रकम समेत् उठाउन सक्दैनन् । त्यसकारण चलचित्र उद्योग भित्रका थुप्रै कमि कमजोरीलाई सुधार्नु अहिले प्रमुख आवश्यकता देखिन्छ ।
जब फिल्मको कथावस्तु, स्टार काष्ट, चलचित्र वितरण, छाँयकंन, कलकार, मेकिङ, प्रचार प्रसार र संगीत प्रभावशाली र सही ढंगले प्रस्तुत गरिन्छ । तब फिल्मको बजार र दर्शकहरुको मन जित्न कही जान पर्देन । हामी उदाहरणका रुपमा विदेशी फिल्महरुलाई लिन सक्छौ । हलमा विदेशी फिल्म लाग्यो भने दर्शकहरु स्वदेशी फिल्मलाई छोडेर विदेशी फिल्मप्रति बढी आकर्षित हुन्छन् । किनकी विदेशी फिल्महरुको सबै पक्ष शसक्त र प्रभाशाली हुन्छ, जसले गर्दा आम दर्शकहरुको विदेशी फिल्म प्रति बढी रुचि रहन्छ ।
फिल्म मनोरञ्जनको साधन मात्र नभई यो देशको सिंगो सामाजिक सांस्कृति, आर्थिक, राजनीति र पर्यटनलाई पनि उचाईमा पुर्याउने माध्यम हो । यस क्षेत्रलाई निर्देशक, निर्माता, कलकार, संगीतकार, लेखक, दर्शक र यो राज्य मिलेर विश्वमाझ चिनाउनु नै हाम्रो कर्तब्य हो । अब सबै पक्षलाई सुधार्दै देशको अर्थतन्त्र र पहिचान थप उचाइमा पु¥याउनुको विकल्प छैन । त्यसकारण निर्माण पक्ष, आम दर्शक र सरकार मिलेर नेपाली चलचित्र क्षेत्रलाई नयाँ स्वरुप दिनु आजको प्रमुख आवश्यकता हो ।
प्रतिक्रिया