डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुँदै

मंगलबार, १० भदौ २०८२, १० : ५७

काठमाडौँ–अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको छ । यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कल्प सार्वजनिक हुनेछ । निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट मानिन्छ ।

उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेनजी पुस्तासम्म पुर्याएका छन् । साथै, लोकप्रिय बनाएका छन् । विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँग निरन्तर संवाद र सम्पर्कमा रहेका लम्साल आफैँले आफू भाइबहिनी पुस्ताले उठाएको कवि हुँ भन्दै आएका छन् ।

यसअघि उनका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् । लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोडेर कल्प लेख्न कसिएका लम्सालले कल्पका लागि झण्डै पाँच वर्ष खर्चेका छन् ।

महाभारतका पात्र कर्णलाई नायकत्व दिएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, आरनबाट उठेको सिपमा देशको इतिहास कुँदिएको अग्निपछि सार्वजनिक हुने कल्पलाई विशेष प्रतीक्षाका साथ हेरिएको छ । कल्प शिखा बुक्सले प्रकाशन गरेको छ । 
 

मंगलबार, १० भदौ २०८२, १० : ५७

प्रतिक्रिया