कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त

बुधबार, ११ भदौ २०८२, ११ : १२

काठमाडौं– कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो ।

सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो। व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको मन्त्रालयले जनाएको छ ।

नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेल सँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्ष भन्दा लामो व्यावसायिक अनुभव छ।

 
बुधबार, ११ भदौ २०८२, ११ : १२

प्रतिक्रिया