दशैंका लागि उपत्यकामा खसी-बोका र च्याङ्ग्रा आइपुग्यो, अनलाइनबाटै प्रि-बुकिङ सुरु (तस्बिरहरु)

विहीबार, १९ भदौ २०८२, ०९ : ३२

काठमाडौं–आगामी दशैँलाई लक्षित गरी काठमाडौं उपत्यकाको लागि खसी, बोका र च्याङ्ग्रा ल्याउने क्रम सुरु भएको छ । काठमाडौं उपत्यकालाई लक्षित गरि नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. अर्थात (कंलकी खसीबजार) मा नेपालका विभिन्न जिल्ला लगायत भारतबाट खसी, बोका र च्याङ्ग्रा भित्रिन थालेको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि यस वर्षका लागि खसी र च्याङ्गाको अनलाइनबाट प्रि–बुकिङ सुरु गरेको छ । दशैंलाई लक्षित गरि उपभोक्ताका लाीग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबार (२०८२ साल भदौ १७ गते) देखि अनलाइन प्रि–बुकिङ सुरु गरिसकेको छ । कम्पनीले यो वर्ष २ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसी, बोका र च्याङ्ग्रा खरिद गर्दा उपभोक्ताले प्रतिकिलो १० रुपैयाँसम्म छुट पाउने भएका हुन् । 

त्यसैगरी नीजि क्षेत्रबाट सञ्चालित कंलकी खसीबजार (नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि.) ले पनि दशैंका लागि आफ्नै व्यवस्थापनमा खसी, बोका र च्याङ्गा ल्याउन थालेको छ । दशैं लक्षित ल्याइएका खसी, बोका र च्याङ्ग्राको खरिद–विक्री घटस्थापनादेखि सुरु भई सप्तमीसम्म हुने नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि.ले जनाएको छ । 

निजी क्षेत्रबाट सञ्चालित कंलकीको खसीबजार (नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि.) ले दशैंका लागि भनेर खसी, बोका र च्याङ्ग्राको बास्तविक मूल्य निर्धारण नगरिसकेको भएपनि अघिल्लो वर्षको तुलानामा यो वर्ष बढ्न सक्ने व्यवसायीको अनुमान छ । ल्याइसकेको खसी, बोका र च्याङ्ग्रालाई उचित स्थान (उनीहरु बस्ने खोर) मा व्यवस्थीत तरिकाले राखिँदै छन् । 
542054069_3120628048104190_1184277234410095963_n541242052_798578192513880_3651396101325602256_n543693839_2283546225408985_6121069279833361957_n541672248_1748966702423939_3925139881023296622_n541942133_1613748776248354_6532409498489931357_n540725463_1460593961943461_1538836862695104588_n541456952_1100988111653611_285407544001634643_n541678400_1513686669760676_5513690327685658120_n540971000_2550157525350280_5608370004108813858_n542041123_762981376326626_6362205600513308475_n541558001_1136556128616505_7030828220446586016_n

 
 
 
विहीबार, १९ भदौ २०८२, ०९ : ३२

प्रतिक्रिया