भारतको अर्थतन्त्र अमेरिकाको भन्दा ठूलो हुने, यी हुन् ३२ शीर्ष राष्ट्र

६ बर्ष अगाडि

एजेन्सी–सन् २०५० मा आज हामीले चिनेको विश्वमा व्यापक परिवर्तन आउनेछ । र, पृथ्वीको आर्थिक र वित्तीय धरातलमा  अपवाद रहने कुरा आउँदैन ।
व्यवसायिक सेवा प्रदायक पीडब्लुसीले आगामी ३२ वर्षमा विश्वको सबैभन्दा ठूला अर्थतन्त्र हुने देशको सूचीसम्बन्धी रिपोर्ट निकालेको छ ।
“दीर्घ दृष्टीः सन् २०५० सम्ममा विश्वव्यापी आर्थिक व्यवस्था कसरी बदलिनेछ” शीर्षकको उक्त रिपोर्टले शीर्ष स्थानमा रहेका ३२ राष्ट्रहरुको अनुमानित विश्वव्यापी कुल ग्राहस्थ उत्पादनको सूची दिएको छ । यो सूची ‘परचेजिङ्ग पावर प्यारिटी(पीपीपी)’को आधारमा तयार पारिएको हो ।
पीपीपी बृहत अर्थशास्त्रीहरुले निश्चित समयमा विभिन्न देशहरुको आर्थिक उत्पादकत्व र जीवनस्तर निर्धारण गर्न प्रयोग गर्दछन्  ।
पीपीपीको आधारमा चीन सन् २०१४ मै अमेरिकालाई विस्थापित गरेर शीर्ष  स्थान लिएको थियो । सन् २०५० मा अमेरिका थप तल झर्ने देखिएको छ । उसको दोश्रो स्थान हाल उसलाई पछ्याइरहेको भारतले लिनेछ । अमेरिकाको भन्दा खराब गिरावट हालका ठूला अर्थतन्त्रहरु जापान र जर्मनीको हुनेछ । उनीहरुलाई आजको दिनमा उदाउँदो राष्ट्र मानिने भारत र इण्डोनेशियाले विस्थापित गर्नेछन् ।
तल शीर्ष ३२ मा रहेका राष्ट्रहरुको सूची दिइएको छ । तुलनाको लागि  कोष्ठकमा सन् २०१७ मा आई.एम.एफ.को पीपीपीको आधारमा कुल ग्राहस्थ उत्पादनको सूचीमा ती राष्ट्रको रकम र स्थान दिइएको छ । यहाँ डलर भन्नाले अमेरिकी डलर भन्न खोजिएको हो ।

३२.नेदरल्याण्ड –१४.९६ खर्ब डलर(९.०७ खर्ब डलर सहित २८ औं)

३१.कोलम्बिया –२०.७४ खर्ब डलर (७.२० खर्ब डलर सहित ३१ औं)

३०.पोल्याण्ड –२१.०३ खर्ब डलर (११.१४ खर्ब डलर सहित २४ औं)

२९.अर्जेन्टिना –२३.६५ खर्ब डलर (९.१२ खर्ब डलर सहित २७ औं) 

२८.अष्ट्रेलिया –२५.६४ खर्ब डलर (१२.३५ खर्ब डलर सहित १९ औं)

२७.दक्षिण अफ्रिका –२५.७० खर्ब डलर (७.६१ खर्ब डलर सहित ३० औं)

२६.स्पेन –२७.३२ खर्ब डलर (१७.६८ खर्ब डलर सहित १६ औं)

२५.थाइल्याण्ड –२७.८२ खर्ब डलर (१२.२८ खर्ब डलर सहित २० औं)

२४.मलेसिया –२८.१५ खर्ब डलर (९.२२ खर्ब डलर सहित २६औं स्थान)

२३.बङ्ग्लादेश –३०.६४ खर्ब डलर (६.८६ खर्ब डलर सहित ३३औं स्थान)

२२.क्यानडा –३१ खर्ब डलर (१७.६३ खर्ब डलर सहित १७औं स्थान)

२१.इटाली –३१.१५ खर्ब डलर (२३.०७ खर्ब डलर सहित १२औं स्थान)

२०.भियतनाम –३१.७६ खर्ब डलर (६.४८ खर्ब डलर सहित ३४औं स्थान)

१९.फिलिपिन्स –३३.३४ खर्ब डलर (८.७८ खर्ब डलर सहित २९औं स्थान)

१८.द. कोरिया –३५.३९ खर्ब डलर (२१.२७ खर्ब डलर सहित १३औं स्थान)

१७.इरान –३९ खर्ब डलर (१६.३० खर्ब डलर सहित १८औं स्थान)

१६.पाकिस्तान –४२.३६ खर्ब डलर (१०.६० खर्ब डलर सहित २५औं स्थान)

१५.इजिप्ट –४३.३३ खर्ब डलर (१९.९९ खर्ब डलर सहित २१औं स्थान)

१४.नाइजेरिया –४३.४८ खर्ब डलर (११.२४ खर्ब डलर सहित २३औं स्थान)

१३.साउदी अरब –४६.९४ खर्ब डलर (२० खर्ब डलर सहित १४औं स्थान)

१२.फ्रान्स –४७.०५ खर्ब डलर (२८.२६ खर्ब डलर सहित १०औं स्थान)

११.टर्की –५१.८४ खर्ब डलर (१७.८९ खर्ब डलर सहित १५औं स्थान)

१०.संयुक्त अधिराज्य –५३.६९ खर्ब डलर(२८ खर्ब डलर सहित ९औं स्थान)

९.जर्मनी –६१.३८ खर्ब डलर (४१.४९ खर्ब डलर सहित ५औं स्थान)

८.जापान –६७.७९ खर्ब डलर (५४.०५ खर्ब डलर सहित ४औं स्थान)

७.मेक्सिको –६८.६३ खर्ब डलर (२४.०४ खर्ब डलर सहित ११औं स्थान)

६.रसिया –७१.३१ खर्ब डलर (४०.०० खर्ब डलर सहित ६औं स्थान)

५.ब्राजिल –७५.४० खर्ब डलर (३२.१९ खर्ब डलर सहित ८औं स्थान)

४.इण्डोनेशिया –१०५.०२ खर्ब डलर (३२.४ खर्ब डलर सहित ७औं स्थान)

३.अमेरिका –३४१.०२ खर्ब डलर (१९३.३६ खर्ब डलर सहित २औं स्थान)

२.भारत –४४१.२८ खर्ब डलर (९४.४६खर्ब डलर सहित ३औं स्थान)

१.चीन –५८४.९९ खर्ब डलर (२३१.२२ खर्ब डलर सहित १औं स्थान)

६ बर्ष अगाडि

प्रतिक्रिया