काठमाडौं– नवरात्रको तेस्रो दिन अर्थात दशैं सुरु भएको तीन दिन भएसँगै विधिवत् रुपमा घर–घरमा विजया दशमी प्रवेश गरिसकेको छ । दशैंको सुरुवातसँगै नागरिकले नयाँ लत्ताकपडा खरिद गर्ने देखि नयाँ समाग्री जोहो गर्ने परम्परा बसेको छ । प्राय दशैंमा बजारमा चहलपहल बढी हुने गर्दछ भने किनमेल पनि त्यही अनुसार बढ्ने गर्दछ ।
तर यो वर्ष (२०८२ साल) को दशैंमा विगतको जस्तो बजारमा चहलपहल बढेको छैन भने व्यापार पनि त्यहि अनुसार बढेको देखिदैन । नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) मा खसी–बोका र च्याङग्राको खरिद–विक्रीमा खासै सुधार आएको छैन । बजारमा खसी–बोका र च्याङग्राको माग भएपनि वितरणमा समस्या आएर व्यापार खस्किएको छ ।
हाल मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोको कारण नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) मा आउनु पर्ने खसी–बोका र च्याङग्रा बाटोमा नै रोकिएकाले वितरणमा समस्या आएको हो । समयमा खसी–बोका र च्याङग्रा नआएर बाटोमा नै रोकिँदा व्यवसायी थप समस्यामा परेका हुन् ।
यस पटकको लत्ता कपडाको व्यापारमा समेत भाारी गिरावट आइरहेको छ । काठमाडौंस्थित चाइना टाउन, न्युरोड, असन र इन्द्रचोकमा मानिसको चहलपहल कम देखिन थालेको छ भने विगतका बर्षको जस्तो व्यापार हुन नसकेको व्यापारीको गुनासो छ । बजार प्रवेश गरेर समाग्री खरिद गर्ने तरिकालाई अनलाइनबाट हेरेर खरिद–विक्री गर्ने बढ्दो प्रचलनले बजारमा चहलपहल कम देखिन थालेको छ भने भौतिक रुपमा गरिने व्यापारमा समेत गिरावट आइरहेको छ ।









































प्रतिक्रिया