काठमाडौं- आज यमपञ्चकको तेस्रो दिन काठमाडौं उपत्यकाको आकाश खुलेको छ । उपत्यकाबाट नजिकैका हिमालको हिमश्रृंखलाको मनमोहक दृष्य समेत देखिएको छ ।
काठमाडौँबाट सामान्यतया देखिने हिमालहरुमा गणेश हिमाल, हिमालचुली र लाङटाङ पर्छ। चर्को घाम लागेको छ । बादल नभएकाले टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिएको छ । यो बेला उत्तरतर्फका हिमालका दृश्य निकै मनमोहक देखिन्छ ।
सोमबार लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तिहारको अवधिभर देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।




प्रतिक्रिया