काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन गएका हुन्। यो सम्मेलन कात्तिक १८ गतेदेखि २० गतेसम्म आयोजना हुँदैछ।
राष्ट्रपति पौडेललाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए।






प्रतिक्रिया