काठमाडौं- देशव्यापी रूपमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारको प्रवर्द्धन गर्ने उद्देश्यका साथ कृष्ण बहादुर खड्काको संयोजकत्वमा नेपाली नागरिक समाज नामक बृहत् अभियानको घोषणा भएको छ। विभिन्न क्षेत्रका अगुवा तथा अभियन्ताहरूको उपस्थितिमा काठमाडौँमा आयोजित एक विशेष भेलाले खड्कालाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको हो।
नवनिर्वाचित संयोजक खड्काले अभियानको शनिबार घोषणा गर्दै नेपाली नागरिक समाज राजनीतिक हस्तक्षेपमुक्त रहेर नागरिकहरूको आवाजलाई सशक्तरूपमा उठाउने बताए। सुशासन र पारदर्शिताका लागि सरकारी निकायहरूको कामकारबाहीमा पारदर्शिता कायम गर्न दबाब दिने समेत उनले जानकारी दिए ।
साथै, खड्काले सामाजिक न्यायस् सीमान्तकृत वर्ग तथा समुदायका लागि न्याय र समावेशिता सुनिश्चित गर्न वकालत गर्ने बताए। उनले युवा सशक्तीकरण युवाहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए। उनले नागरिक शिक्षासहित नागरिकहरूको हक, अधिकार र कर्तव्यबारे सचेत गराउने पनि प्रतिबद्धता जनाए ।
भेलामा सहभागी अन्य नागरिक अगुवाहरूले यसले देशको नागरिक चेतनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनीहरूले खड्काको नेतृत्वमा यो समाजले सबैखाले भ्रष्टाचार र बेथितिविरुद्ध सशक्त निगरानीको भूमिका खेल्नेमा जोड दिए।
नेपाली नागरिक समाजले अबको केही हप्ताभित्रै सातै प्रदेशमा आफ्नो संगठनात्मक संरचना विस्तार गर्ने र देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । यस संस्था गठनले नेपालको नागरिक आन्दोलनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरुः
_nQK6R9l8Ne.jpg)



_R0jSAAqTIS.jpg)
_02o38CmPOZ.jpg)

_cDqiKdz2Ea.jpg)

_qGxWXfTXTM.jpg)

_NR3ypAN1wX.jpg)

_kOgLefNQV9.jpg)

प्रतिक्रिया