बलात्कारको मुद्धा खेप्दै आएका रोनाल्डोलाई अदालतले दियो सफाइ

मंगलबार, ०७ साउन २०७६, ११ : २४

काठमाडौँ – बलात्कार आरोपको मुद्धा खेप्दै आएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाएका छन् । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानविन पछि उनलाई सफाइ दिईएको हो ।

रोनाल्डोमाथि सन् २००९ मा अमेरिकाको लस भेगासस्थित एक होटलमा अमेरिकन मोडल क्याथरिन मेयोर्गामाथि बलात्कार गरेको आरोप लागेको थियो । घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा अदालत बाहिर करिब चार करोड रुपैयाँमा दुवै पक्षबीच सहमती बनेको थियो । तर क्याथरिनले ९ वर्षपछि पुन उक्त घटना सार्वजनिक गरेकी थिइन् ।

सन् २०१८ मा लास भेगास पुलिसले पिडितको अनुरोधमा पुन घटनाको अनुसन्धान सुरु गरेको थियो । रोनाल्डोले भने क्याथरिनले पैसाका लागि आफुमाथि सडयन्त्र गरेको भन्दै सुरुबाटै आरोपको खण्डन गर्दै आएका थिए ।

मंगलबार, ०७ साउन २०७६, ११ : २४

प्रतिक्रिया