काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको उक्त समितिले समस्याग्रस्त घोषित सहकारीका ठुला ऋणीहरूलाई ऋण चुक्ता गर्न अन्तिम चेतावनी समेत दिएको छ ।
समितिको बुधबार बसेको बैठकले समस्याग्रस्त घोषित २० मध्ये १० वटा सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्ने निर्णय गर्दै तत्काल दायित्व पूरा गर्न निर्देशन दिएको हो ।
समितिले जारी गरेको सूचना अनुसार ठूला ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनिएको छ । तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरी असुली प्रक्रिया अगाडि बढाइने समितिले स्पष्ट पारेको छ । बचतकर्ताहरूको अर्बौँ रकम डुबेपछि सरकारले ती सहकारीहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मा समितिलाई दिएको थियो ।
कार्यालयले हाल १० वटा सहकारीका ठूला ऋणीहरूको विवरण बाहिर ल्याए पनि अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा सार्वजनिक गर्दै जाने तयारी गरेको छ ।
यस्तो छ ठुला ऋणीहरूको नामावलीः



प्रतिक्रिया