क्लबको छत खसेर दुई खेलाडीको मृत्यु

शनिबार, ११ साउन २०७६, १४ : ४९

दक्षिण कोरियाको एउटा रात्री क्लबको माथिल्लो छानो खसेर दुई जनाको मृत्यु भएको छ ।

 मृत्यु हुने दुवै दक्षिण कोरियाली नागरिक भएको पहिचान भएको छ ।

रोयर्टसका अनुसार दुर्घटनामा घाइते हुने अन्य भने धेरैजसो विदेशी छन् ।

दुर्घटनाको समय क्लबमा ‘वल्ड एक्वेटिक च्याम्पिएनसिप९विश्व जल प्रतियोगिता०’मा सहभागी हुन दक्षिण कोरिया आएका कयैन विदेशी खेलाडी पनि थिए । उनीहरुमध्ये धेरै घाइते छन् । 

उद्दारकर्मीका अनुसार कूल १० मानिस घाइते छन् ।  

अधिकारीहरुले घाइतेमध्य कति जना खेलाडी भएको तथ्यांक भने दिएका छैनन् । 

दुर्घटना स्थानीय समय अनुसार विहान २ बजे थियो ।
 

शनिबार, ११ साउन २०७६, १४ : ४९

प्रतिक्रिया