सडकमाझ सेतो कोटको गुहार

आइतबार, ०७ असार २०८३, ११ : ४६

डा. सुधन न्यौपाने

स्वच्छताको प्रतीक सेतो कोटमा
जिउँदो लास झैँ, 
लाज पचाएर पारिश्रमिकको भिख मागिरहेको छु म ।
जवानी सकिसकियो, खुसीले सम्झौता गरिसक्यो,
तर पनि मुस्कुराइरहेको छु म,  
सेवा भावको यो अठोटमा ।


तर लाग्छ,
आदर बिनाको कात्रोमा, 
लाचार मूर्ति झैँ, 
औचित्य बिनाको इमान जोगाएर, बिना अर्थ जीवन समर्पण गरिरहेको छु म  ।
भोक मरिसक्यो, तिर्खा मेटिसक्यो, आफ्ना सपनाले आत्मसमर्पण गरिसक्यो,
तर पनि संघर्ष गरिरहेको छु म,
सानो खुसी परिवारलाई दिने आसमा ।

तर हिम्मत हराएको म,
लाज बिना नांगै नाचिरहेका समक्ष, 
आफ्नो लाज जोगाउन गुहार मागिरहेको छु म ।
सुनौलो बिहानीको पर्खाइमा आत्मग्लानिको बोझ बोकी,
पहिचान हराएको कात्रो ओढी, सडक माझ उभिरहेको छु  म ।


कठै ,
सेवा भावमा आर्जित यो स्वच्छ कोट, खोट खोज्नेहरू माझ,
न त्याग्न सक्छु, न भार थेग्न 
तर अझै पनि,
सुनौलो बिहानीको पर्खाइमा आत्मग्लानिको बोझ बोकी,
सडक माझ उभिरहेको छु म ।

न्याय मरेको देश,  इमान हराएको अग्रज अनि हिम्मत हराएको म  ।

आइतबार, ०७ असार २०८३, ११ : ४६

प्रतिक्रिया